Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार पनि सुन-चाँदीको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १० : ३९ मा प्रकाशित

बुधबार पनि सुन-चाँदीको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुन-चाँदीको मूल्यले उकालो यात्रा तय गरेको छ । 
मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला ५ सयले बढेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज चाँदी पनि प्रतिताेला १५ रुपैयाँले बढेर १ हजार १ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । 

आइतबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको