अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज (बिहिबार) भने सुन-चाँदीको मूल्यको उकालो यात्रामा ब्रेक लागेको छ । आज सुन-चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ ।
बुधबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले घटेर ९४ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदी पनि प्रतिताेला १५ रुपैयाँले घटेर १ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस