अर्थ संसार, काठमाडौं - केयर रेटिङस नेपाल लिमिटेडले चौथों वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार चौथों वार्षिक साधारण कार्तिक ३ गते, सोमबार केयर रेटिङस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।
सभामा अध्यक्षको मन्तव्य सहित संचालक समितिको प्रतिवेदन २०७६/७७ छलफल गरी पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारीत गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, २१.०५३ प्रतिशतका दरले नगद लाभांश स्वीकृत गर्ने लगायत विषयमा छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस