Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा लगानी गर्दै हुनुहुन्छ ? लगानी गर्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन् !

अर्थ संसार

शनिबार, २४ असोज २०७७, ०७ : ४९ मा प्रकाशित

धितोपत्र बजारमा लगानी गर्दै हुनुहुन्छ ? लगानी गर्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन् !

अर्थ संसार, काठमाडौं - के तपाई धितोपत्र बजारमा लगानी गर्दै या गर्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले धेरै कुरामा विचार पुर्याउनुपर्ने हुन्छ । यसमा लगानी गर्नुअघि यसबारे पर्याप्त जानकारी हुनुपर्दछ ।

कतिपय व्यक्तिहरु हल्ला, अनावश्यक प्रचारप्रसार वा कसैको बहकाउमा परेर यस बजारमा लगानी गर्न उत्साहित भएका हुन्छन् । जसले गर्दा उनीहरुले धेरै जोखिम बहन गर्नुपर्ने हुन्छ त्यसैले धितोपत्र बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्थाको आह्वानमा ५ दिन सम्म विभिन्न कार्यक्रम संचल गरी विश्व लगानीकर्ता सप्ताह आयोजना गरेको छ । विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वासधरंमा प्रवाहको माध्यमबाट लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धि गरी लगानीकर्ताको शशक्तिकरण गर्ने रहेको छ ।

यस सन्दर्भमा बोर्डले देश विदेशमा रही नेपालको धितोपत्र बजारमा लगानी गर्न इच्छुक तथा लगानी गरिरहेका लगानीकर्ताहरुलाई लगानी गर्नु अघि निम्नलिखित कुराहरुमा ध्यान दिन आग्रह गरेको छ ।

यी हुन् धिपत्र बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु:-
-धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपलब्ध जानकारी तथा सूचनाको विश्लेषण गरी विश्लेषणका आधारमा मात्र धितोपत्रमा लगानी गर्ने ।

-धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्दा समुह प्रवृत्तिका आधारमा लगानी नगर्ने ।

-धितोपत्र बजारका नवप्रवेशीहरुले पप्राथमिक बजारबाट लगानी सुरुवात गर्दा बढी सुरक्षित रहने तथ्यतर्फ सजक रहने ।

-धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई बजार तथा कम्पनीको वास्तविक वस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्ने  ।

-धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका स्टक ब्रोकर मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्ने ।

-धितोपत्रमा लगानी गर्दा आफ्नो बचत तथा जोखिम बहन गर्न सक्ने क्षमताको पुर्व मुल्यांकन गर्ने ।

अन्य जानकारीको बोर्डद्वारा प्रकाशित तलको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको