Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा, शेयरधनीको हातमा कति लाभांश ?

अर्थ संसार

सोमबार, २६ असोज २०७७, ०८ : ४३ मा प्रकाशित

सिद्धार्थ क्यापिटलले बोलायो साधारण सभा, शेयरधनीको हातमा कति लाभांश ?

अर्थ संसार, काठमाडौं - सिद्धार्थ क्यापिटल लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको २०७७ असोज १८ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार सभा कार्तिक २१ गते शुक्रबार सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट प्रस्तुत २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको वासलात, वार्षिक नाफा/नोक्सान हिसाब, नगद प्रवाह वितरण लगायत विवरणहरुमाथि छलफल गरी पारित गर्ने लेखा परीक्षाको नियुक्ति र निजको परिश्मिक निर्धारण गर्ने शेयरधनीहरुलाई संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश प्रदान गर्न संचालक समितिले गरेको प्रस्ताव पारित गर्ने लगायत विषयमा छलफल हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको