Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनए विज्ञ सम्मेलन : डिजिटल नेपाल सार्थक बनाउन आग्रह

अर्थ संसार

मंगलबार, २७ असोज २०७७, १० : ५० मा प्रकाशित

एनआरएनए विज्ञ सम्मेलन : डिजिटल नेपाल सार्थक बनाउन आग्रह

 अर्थ संसार,लण्डन -  साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

 

गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा इन्फरमेसन कम्युनिकेसन एण्ड टेक्नोलोजी सेसनमा बोल्ने वक्ताहरुले सूचना प्रविधिले देश फड्को मार्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । डिजिट नेपाल सार्थक बनाउन सरकारले विशेष कार्ययोजना लिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

 पूर्व मन्त्री डा विज्ञान शाहले डिजिटल ट्रान्सफरमेसनलाई विशेष जोड दिनुपर्ने बताउनुभयो । अनलाइन पेमेन्टलाई बढावा दिनुपर्छ ।

डिजिटली क्षेत्रमा इनोभेसन हुँदै गएको उहाँको भनाइ छ । युवाहरु यस क्षेत्रमा आकर्षित हुँदै छन् । कोभिडपछि शिक्षामा आइटी प्रयोगमा जोन दिन आवश्यक देखिएको बताउनुभयो ।

डिजिटल साक्षरता बढाउन गैरआवासीयले ध्यान दिनुपर्छ । स्वास्थ्य र कृषि क्षेत्रमा पनि डिजिटल्ली जान सकिने उहाँको भनाइ छ ।

डिजिटली इकोनोमी अहिलेको आवश्यकता भएको भन्दै डा शाहले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । डिजिटलतर्फ बढी रोजगारी सिर्जना हुने गरी ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ईमर्जिङ टेक्नोलोजीमा कसरी अघि बढ्ने भन्ने चुनौती रहेको बताउनुभयो । आइटी क्षेत्रमा इनोभेसन सेन्टर चाहिने उहाँको भनाइ छ ।

होवार्ड युनिभर्सिटीका प्रोफेसर दण्ड रावतले साइबर सेक्युरिटीमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साइबर अट्याकबाट जोगिन ध्यान दिन सकिने उहाँको भनाइ छ । तेस्रो विश्व युद्ध भएमा साइबर अट्याकबाटै हुन नसक्ने खतरा देखिएको उहाँको भनाइ छ ।

युनिभसिर्टी अफ टुर्कु फिनल्यान्डका प्रोफेसर राजीब कान्तले स्मार्ट सिटी निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । आइसिटी रिपोर्टले स्मार्ट सिटी निर्माण गर्न सकिने प्रशस्त संभावना रहेको बताउनुभयो ।

एनआइसिटी टोक्यो जापानका रिसर्च म्यानेजर डा.बेदप्रसाद काफ्लेले डिजिटल प्रविधिका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । प्रविधि आत्मसात गर्न पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । ५ जि नेटवर्कको प्रयोग र सेवाबाट जीवन सहज बनाउन सकिने उहाँको भनाइ छ ।

नेपाल प्रहरीका पूर्व डा राजीव सुब्बाले साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा अन्तरसम्बन्धीत हुने बताउनुभयो । नेपाल र भारतको नक्सा विवादसँगै नेपाल र भारतका ह्याकरले वेभसाइट ह्याक गर्ने गरेको बताउनुभयो । नेपालको सन्दर्भमा यो घटना सामान्यरुमा लिइएपनि इस्टोनियाको जस्तो नेपालमा घटना भए के गर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो । विश्वमा ह्या्करले धेरै क्षति पु¥याएको उदाहरण प्रशस्त रहेकाले साइबर सुरक्षामा विशेष ध्यान दिन आवश्य भएको बताउनुभयो ।

नेपाल टेलिकमका म्यानेजिङ डाइरेक्टर डिल्लीराम अधिकारीले सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको बताउनुभयो । डिजिटल फाउन्डेसनमा नेपालले छोटो समयमा फड्को मारेको बताउनुभयो । अष्टिकल फाइबर नभएको ठाउँमा छिट्टै फाइबर बिस्तार गरिने बताउनुभयो । आइडिया इन्डेक्समा सफलता प्राप्त गरेको उहाँले बताउनुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले १० वर्षमा मोबाइल र डाटा प्रयोग बढ्दै गएको बताउनुभयो । ६ वटा प्रदायक संस्थाले मोबाइल सेवा दिइरहेका छन् । डिजिटल नेपालको परिकल्पना र दिगो विकास लक्ष्य प्राप्ती गर्नका लागि टेलिकमलाई महत्वपूर्ण स्थान दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

वल्र्डलिंक कम्युनिकेसन चिफ टेक्निकल अफिसर समित झानाले प्राइभेट अपरेटरको क्याक्सनमा समस्या रहेको बताउनुभयो । योजना बनाउन नै समस्या हुने उहाँको भनाइ छ । साइबर सेक्युरिटी लको विषय आइरहेकाले त्यतातिर लगानी गर्न आवश्यक देखिएको उहाँको भनाइ छ । जहिले पनि लगानी गर्नुपर्ने समस्या रहेको उहाँको भनाइ छ । दुर्गम क्षेत्रमा इन्टरनेट एक्सेस लैजान समस्या भएको बताउनुभयो । यसका सबै सामान बाहिरबाट ल्याउनुपर्ने समस्या भएकाले बारम्बार युएस डलर बढ्दै जाने भएकाले समस्या आउने गरेको उहाँको भनाइ छ ।कोर्डिनेटर ज्ञानेन्द्रप्रसाद जोशी, प्रोफेसर मनिष पोखरेल, डेभलेन्डर थापाले मन्तव्य राखेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको