Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा आज, यी हुन् पारित हुने एजेण्डा

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०६ : ४६ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा आज, यी हुन् पारित हुने एजेण्डा

अर्थ संसार, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज (असोज २९ गते बिहिबार) हुने भएको छ । इन्स्योरेन्सको असोज ४ गते आइतबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको तेस्रो वार्षिक सभा आज म्यारियट होटल, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले अध्यक्षबाट मन्तव्य तथा संचालक समितिको आर्थिक वर्षको २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ ।

यसैगरी लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरिने एजेण्डा रहेको छ भने २०७६/७७ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमित निर्धारण गरिने जनाइएको छ ।

यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गने तथा उक्त संशोधनमा कम्पनि रजिष्ट्रारको कार्यालय, बिमा समिति वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवस्यक संशोधन तथा परिमार्जन गर्न संचालक समतिलाई अख्तियारी दिन स्वीकृत गरिनेछ ।

इन्स्योरेन्सले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको