Like us!
Follow us!
Connect us!
Watch us!

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको वार्षिक सभा कहिले ?

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०६ : ४१ मा प्रकाशित

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको वार्षिक सभा कहिले ?

अर्थ संसार, काठमाडौं - स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले वार्षिक साधारण सभा आह्वान गरेको छ । संघको असोज १४ बसेको कार्यसमिति बैठकले गरेको निर्णयानुसार २६ औं वार्षिक साधारण सभा कार्तिक २१ गते संघको कार्यालय, पुतलीसडक, काठमाडौंमा दिनको १ बजेबाट सुरु हुनेछ ।

सभाले कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वासलात, आयव्ययको हिसाब प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

यसैगरी कोषध्यक्षले प्रस्तुत २०७६/७७ को वासलात, आयव्ययको हिसाब सहितको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कार्य समितिको निर्वाचन गर्ने लगायत विविध विषयमा छलफल हुनेछ । 

संघले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको