Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ? हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ०८ : ०७ मा प्रकाशित

शिवम् सिमेन्ट्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेड कम्पनीले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको असोज २८ गते बसेको बैठकको निर्णयानुसार कम्पनीको पाँचौं वार्षिक साधारसभा कार्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरको सभाहल, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थीक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरिनेछ ।

त्यसैगरी लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहितको २०७७ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोहि मितिमा समाप्त गत आर्थिक वर्षको नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका लेखापरीक्षण सम्बन्धि अनुसूची हरु उपर छलफल गरी पारित गरिनेछ ।

यस्तै आर्थिक अवार्ष २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, शेयरधनीहरुलाई २४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने लगायत विविध विषयमा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको