Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी २ कम्पनीको वार्षिक सभा हुँदै, के-के छन् एजेण्डा ?

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, ०८ : २५ मा प्रकाशित

सोमबार यी २ कम्पनीको वार्षिक सभा हुँदै, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - भोलि (कार्तिक ३ गते सोमबार) २ वटा कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । केयर रेटिङस नेपालको चौथों र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तेर्हौं वार्षिक साधारण सभा सोमबार हुन लागेको हो 

केयर रेटिङस नेपाल लिमिटेड
 

केयर रेटिङस नेपाल लिमिटेडले चौथों वार्षिक साधारण सभा भोलि (कार्तिक ३ गते सोमबार) हुँदैछ  । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार चौथों वार्षिक साधारण कार्तिक ३ गते, सोमबार केयर रेटिङस नेपाल लिमिटेड, दोस्रो तल्ला, स्टार मल काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ  ।
सभामा अध्यक्षको मन्तव्यसहित संचालक समितिको प्रतिवेदन २०७६/७७ छलफल गरी पारित गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारीत गर्ने, २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल गरी पारित गरिनेछ । यसैगरी सभाले २१.०५३ प्रतिशतका दरले नगद लाभांश स्वीकृत गर्नेछ ।

ग्लोबल आइएमई क्यापिटल
 

ग्लोबल आइएमई क्यापिटलले तेर्हौं वार्षिक साधारणसभा भोलि (कार्तिक ३ गते सोमबार) हुँदैछ  । कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारणसभा कार्तिक ३ गते, साेमबार कम्पनीकाे रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।
यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको