Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा विरूद्ध ३ उजुरी, यस्ता छन् आराेप

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १५ : २४ मा प्रकाशित

अमेरिकाका लागि प्रस्तावित राजदूत खतिवडा विरूद्ध ३ उजुरी, यस्ता छन् आराेप

अर्थ संसार, काठमाडौं– अमेरिकाका लागि प्रस्तावित राजदूत ड. युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीन वटा उजुरी परेको छ ।समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको थियाे । समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आह्वान गरेको थियो । समितिले उजुरीकर्तालाइ कात्तिक १७ गते थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको गरेकाे छ।

राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री भइसकेका डा. खतिवडा विरूद्ध गंभिर प्रकृतिका उजुरी परेका छन् । उनीमाथि परेका उजुरीहरू यस्ता छन्ः

क) देशकै सबभन्दा ठुलो (अरबौको) बैकिङ्ग काण्डमा संलग्न :

करिब दश बर्षअगाडी डा.युबराज खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नरको हैसियतले नेतृत्वमा रहदा क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनिमा भएकाे घाेटाला काण्ड बाहिर आएकाे थियो । यस काण्डमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै जना पिडित भएका छन् । तिन दर्जन जति नक्कली ऋणि बनाएर फसाइएका ब्यक्तिहरू बैकिङ्ग कसुर गरेकाे अभियाेगमा कारागारमा छन् ।यस काण्डमा भौतिक रुपमा अस्तित्वमा नरहेका कैयौ परियोजनाहरु राष्ट्र बैंकले पटकपटक अनुगमन गर्दा आफूले देखेको भनेकाे थियाे भने डुब्न लागेकाे क्यापिटलका कर्मचारीलाई बोनस समेत खान दिएको थियो । अन्तिमको अनुगमन रिपोर्ट फेरेर नक्कली ऋणीहरु बिरुद्द अनुसन्धान र सोधपुछ नगरी कर्जा अपचलनको मुद्दा दाएर गरिएकाे उजुरीमा उल्लेख छ । 

माफियाबाट प्रभावित भएर तत्कालिन अर्थमन्त्रीले घटनालाई छानबिन नगराउँदा डा. खतिवडा नेतृत्वको नेपाल राष्ट्र बैंकले निर्दोष नक्कली ऋणी बिरुद्द जाइलाग्ने अवसर पाएकाे उजुरीमा आराेप छ । 

ख) अवसरबादी :

उजुरीमा डा. खतिवडालाइ चरम अवसरबादी भएको आराेप लगाइएकाे छ । पदका लागि जेसुकै र जाेसुकैकाे चाकडी गरेर पद हत्याउन सक्ने अबसरबादी भएकाे भन्दै उनकाे ब्यवहारले डा. खतिवडा जतिको विज्ञ, कुशल, योग्य र आदर्शवान व्यक्ति नेकपाभित्र त के देशमै जन्मेको छैन भन्ने जस्तो गराउनसक्ने कला उनमा देखिएकाे उजुरीमा उल्लेख छ । 

ग) औषत भन्दा कमजोर कार्यसम्पादन:

डा. खतिवडाको कुनै पनि निकायमा गरेको कार्य सम्पादन उत्कृष्ट नरहेकाे सार्वजनिक रहेकाे उजुरीमा उल्लेख छ । उनले याेजना आयाेगकाे अध्यक्ष, राष्ट्र बैंककाे गभर्नर र अर्थमन्त्री हुँदा गरेकाे कार्य सम्पादन विर्षनलागयककाे रहेकाे उजुरीमा दावी गरिएकाे छ ।

घ) अधिकारको दुरुपयोग:

डा. खतिवडाले प्रतिनिधिसभा र राष्ट्रिय सभा र सम्बन्धित मन्त्रालयको जानकारीबिना बिबादास्पद एमसिसिका दर्जनौ दस्तावेजमा हस्ताक्षर गरेकाे उजुरीमा आराेप छ ।  यसमा डा. खतिवडाले अधिकारको चरम दुरुपयोग गरेको देखिने उजुरीमा उल्लेख छ । यस्ता व्यक्तित्वले एमसीसी सम्बद्द देशको कुटनीतिक पद धारण गर्ने हो भने देशलाई घातक हुन सक्दछ l डा. खतिवडाको सोहि देशको योजना बमोजिम राजदूत नियुक्त हुन लागेकाे पनि उजुरीमा दावी गरिएकाे छ ।

ङ) क्षेत्रिय साम्प्रदायिकता र नाताबादमा संलग्न :

आफु झापाका भएकाले डा. खतिवडाले नै अर्का क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनिको घाेटाला काण्डमा संलग्न भएका तत्कालिन डेपुटी गभर्नर महाप्रसाद अधिकारी (जो पछि लगानी बोर्डमा कार्यरत थिए) लाई राष्ट्र बैंक को गभर्नर पदमा सिफारिस गरेकाे उजुरीमा दावी छ । त्यस्तै डा. खतिवडाले नेपाल राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई कनिष्ट भए पनि अन्तराष्ट्रिय मुद्राकोषमा पठाएकाे, आफू अर्थमन्त्री भएपछि मन्त्रालयमै तानेर अबसर दिएकाे उजुरीमा दावी छ । 

च) नीतिगत भ्रष्टाचारमा सलग्नता :

डा. खतिवडा अर्थमन्त्री हुँदा विशाल ग्रुपले आयात गर्ने चकलेटमा भन्सार घटाएर र साेही ग्रुपले आयात गर्ने गरी भन्सार विन्दूमा ल्याएर राखेकाे विद्युतीय गाडीमा भन्सार बढाउन लागेकाे सूचना दिएर गाडि छुटाउन लगाएर नीतिगत भ्रष्टाचार गरेकाे उजुरीमा दावी गरिएकाे छ ।

छ) आम जनता असन्तुष्ट:

डा. खतिवडालाई राष्ट्रपति र प्रधानमन्त्रीका गुट तथा उनीहरूका नजिकका बाहेक अरुकोको हकमा आफ्नो ब्यबहार र कार्य सम्पादनले चित्त बुझाउनु पर्ने अबस्था नरहेकाे उजुरीमा दावी गरिएकाे छ । सन्तुलित रुपले बजेट बिनियोजन गर्नु अर्थमन्त्रीको कर्तब्य भए पनि डा. खतिवडाले अर्थ मन्त्री हुँदा प्रधानमन्त्रीकाे गृह जिल्ला झापालगायत १-२ वटा जिल्लामा राज्यको ढुकुटी खन्याएर अन्य जिल्लाका जनताहरुलाई पक्षपात गरेको उजुरीमा आराेप छ । डेढ दशकभन्दा बढी मुलुककाे उच्च पदहरूमा बारम्बार  नियुक्त भएका डा. खतिवडाले जनताबाट प्रशंसा पाउने एउटै काम गर्न नसकेकाे उजुरीमा दावी छ । 

ज) ऐनसेल बारेको राष्ट्रघात:

ऐनसेलले आइसिएसआइडीमा मुद्दा हालेर मध्यस्थता प्रक्रियामा भाग लिन नेपाल सरकारलाई पत्र पठाएकाे अबस्थामा सरकारले, प्रतिनिधि पठाउनुको सट्टा प्रक्रियामा भाग लिनै इन्कार गरेर तत्कालीन अर्थमन्त्री डा. खतिवडाले मुलुकलाइ घाटा पुर्याएकाे उजुरीमा दावी गरिएकाे छ । यसको मूल्य नेपालका लागि भारी पर्ने संकेत देखिएको छ । डा. खतिवडाले चाहेका भए यो समस्या सल्टिने थियो । 

उल्लेखित कारणहरुलाई दृष्टिगत नगरी सुनिवाई समितिले डा. खतिवडालाइ राजदूत जस्तो गरिमामय पदमा अनुमोदन गर्ने हो भने देश र जनताको लागि दुर्भाग्य हुने उजुरीमा दावी गरिएकाे छ । उजुरीकर्ताहरूले  उनीमाथि उठेका प्रश्नहरूकाे छानविन गरि कारबाही प्रकृया अगाडि बढाउन र डा. खतिवडालाइ राजदूतमा अनुमाेदन नगर्न माग गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको