Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाको डिजिटल दक्षिणा योजना : मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १०% रकम थप

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : ३२ मा प्रकाशित

एनआईसी एशियाको डिजिटल दक्षिणा योजना : मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १०% रकम थप

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले डिजिटल दक्षिणा योजना ल्याएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्नु वाञ्छनीय रहेको हुँदा भौतिक दुरी कायम गरी सुरक्षित किसिमले विजया दशमी मनाउनु आजको आवश्यकता ठानी आफ्ना ग्राहकहरूलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना ल्याएको हो । 

बैंकले दशैंमा ग्राहकहरूले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेको दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिनेछ ।

यो योजना यस बैंकमा आबद्ध ग्राहकहरूलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधीभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्नेछ । यस योजनाअन्तर्गत MoBank एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहक महानुभावहरूले MoBank एपमा रहेको Digital Dakshina मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा Remarks मा Dakshina जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । 

साथै बैंकले ल्याएको ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले कार्तिक १ गतेदेखि  मङ्सिर  गतेसम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म आकर्षक नगद छुट तथा नगद फिर्ताको लाभ लिन सक्नेछन् । यसै योजनाबाट सामाजिक काममा आफ्नो परोपकारी भावनालाई गतिशील रुपमा अगाडी बढाउन बैंकले ‘Celebrate for Cause’ योजना मार्फत यस बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) बाट QR, Utility, तथा मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकको तर्फबाट रू. १ का दरले समाजिक उत्तरदायित्वका लागि योगदान समेत गर्नेछ । यस बैंकका करिब १२ लाख मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म गर्ने  डिजिटल भुक्तानीलाई यस योजनामा समावेश गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको