Like us!
Follow us!
Connect us!
Watch us!

ओरियन्टल होटल्सले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १८ : २३ मा प्रकाशित

ओरियन्टल होटल्सले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौँ - ओरियन्टल होटल्स लिमिटेडले २३औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर ४ गते बिहीबार, कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट सञ्चालन बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछभने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

त्यसैगरी,  कम्पनीले साधारण सभा प्रयाेजनका लागि कात्तिक २० देखि मंसिर ४ गतेसम्म कम्पनीकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको