लीलानाथ घिमिरे, काठमाडौं - लामो विदा पाउने चाड दशैंको तयारी नेपालीहरुले गरिरहेका छन् । काठमाडौंमा दशैं मनाउन घर फर्कनेहरुको सामान्य भिडभाड काठमाडौंबाट बाहिरी जिल्लामा निस्कने नाकाहरुमा देखिन्छ । दशैंको मनाउने परम्परा शैलीमा भने यस पटक निकै परिवर्तन आएको छ । यसपाली कोरोनाको त्रासले गर्दा दशैंमा खासै उत्साह कसैलाई छैन । परम्परा रुपमा मनाउँदै आएको चाड भएकाले परम्परा धान्न धेरैले दशैंका लागि केही जोहो गरेका छन् । दशैं संघारमा आए पनि पहिलेको जस्तो रमाइलो नभएको सिन्धुलीको रातमाटाका ८२ बर्षिय बद्रि घिमिरे बताउनु हुन्छ । ‘तीन महिनाअघिदेखि हामी औंला भाच्दै दशैं आउने दिन गन्थ्यौं, उहाँले सुनाउनु भयो, अहिले दशैं आएको अनुभूति गराउने खासै कुरा देखिदैन । दशैं मनाउने शैलीसमेत परिवर्तन भएको उहाँलाई लाग्छ ।
सिन्धुलीको त्यतिखेरको दुर्गम भनेर चिनिने गोलंजोर गाउँपालिका वडा २ वितिजोरमा जन्मे हुर्केका िघमिरे दशैंका लागि कपडा लिन जनकपुर जाने भनेर सामल (खानेकुरा) झोलामा बोकेर हिडेको सम्झनुहुन्छ । दशैंमा नयाँ लुगा हाल्ने चलन निकै पुरानो हो । ‘हामी केटाकेटी हुदा दशैं कहिले आउला र नया लुगा लगाउन पाइएला भनेर कुरीरहन्थ्यौं,’ उहाँले सुनाउनु भयो, ‘त्यतिखेर बालीघरे प्रथाअन्तर्गत कपडा सिलाइन्थ्यो । गाउभरीको कपडा सिलाउने जिम्मा एउटै दर्जीले लिन्थे । त्यसबापत दर्जीले बर्षको एकपटक हरेक घरबाट बाली उठाउथे । उनले घरघरमा गएर कपडा सिलाइ दिन्थे ।’ त्यतिखेर रेडिमेड कपडा पाइदैनथ्यो । ‘दर्जीलाई लुगा सिलाउन दिएपछि कपडा काटेको, मेसिनमा धागो हालेको, सिलाएको, टाक लगाएको सबै हेरेर बस्थ्यौं,’ उहाँ सम्झनुहुन्छ, ‘कहिले आज सकिएन भनेर दर्जीले लुगा थन्क्याउथ्यो । हामी अमिलो मन लिएर घर फर्कन्थ्यौं ।’
अहिले गाउँमा कपडा सिलाउने क्रम हटिसकेको छ । तयारी कपडाले बजार लिएको छ । सस्तोमा चिनिया कपडा पाउन थालेपछि नयाँ लुगा किन्न दशैं कुनुपर्ने अवस्था छैन । कसैले पुरानै कपडामा दशैं टार्नु पर्ने अवस्था अब छैन ।
पहिले दशैंका लागि च्युराको महत्व ठूलो थियो । आमाले च्युरा कुटाउन ४÷५ वटा ठूला खड्कुँडामा धान भिजाएको हामीलाई अझै याद छ । ‘कहिल्यै प्रयोगमा नआउने खड्कुलामा दशैंका बेला धान भिजाइन्थ्यो,’ सिन्धुली पुख्र्यौली घर भए पनि अहिले काठमाडौं बस्दै आएका विष्णु कार्कीले सुनाउनु भयो्, ‘त्यसलाई ढिकी÷ओख्लीमा लगेर कुटिन्थ्यो । ढिकी कुट्न खेताला खोज्नु पथ्र्यो । आफ्नो घरमा ढिकी नहुदा अर्काकोमा पालो कुर्नु पथ्र्यो । माटाको हाडीमा भुटेर ढिकी वा ओखलमा कुटेको च्युराको स्वादै फरक हुन्थ्यो ।’
उहाँले देख्दादेख्दै धान कुट्ने मिल आयो । घरमा धान भिजाएर मिलमा पु¥याएपछि आफैले धान भुट्ने÷कुट्ने कामबाट मुक्ति मिल्यो । धान भिजाएर मिलमा पु¥याएपछि बोरामा च्युरा थापेर ल्याउन पाइन्थ्यो । आजकल धान भिजाउने कामबाट समेत मुक्ति मिलेको छ । बजार वा मिलबाट दशैंका लागि तयारी च्युरा किनेर ल्याइन्छ ।
दशैंका लागि बगैंचामा केराको घरी नै साचेर राखेको सिन्धुलीको वितिजोर भिमानका रामप्रसाद पौडेललाई अझै याद छ । धेरै घरी केरा काटेर माटोको घयाम्पो वा जमिनमा बनाइएको खाल्डोमा हालेर पकाउने गरिन्थ्यो । दशैंमा दही, चिउरा र केराको स्वाद लिदाको आनन्द उहाँले विर्सन सक्नु भएको छैन । अहिले बजारबाट किनेर केही हाता केरामात्र घरमा ल्याइन्छ ।
दशैंका बेला पिङ हाल्न गाउभर बाबियो उठाउदै हिडेको बृद्ध घिमिरेलाई अझै याद छ । ‘गाउभरका जम्मा भएर लठारो (पिङ हाल्ने डोरी) बाटिन्थ्यो,’ उहाँले सुनाउनु भयो, ‘बाँसको लिंगा गाडेर पिङ हालिन्थ्यो । पिङमा चढेर मच्चिदा स्वर्गै पुगेको अनुभूति हुन्थ्यो ।’ लिंगे पिङ चौतारीहरुमा हुने ठूला बरपिपलका रुखमा पनि हालिन्थे । गाउमा केटकेटी रोटे, जाते पिङमा समेत मच्चिएका देखिन्थे । अहिले बरपिपलका चौतारी मासिदै गएका छन् । पिङ हाल्ने चलन पनि हराउदै गएको उहाँलाई अनुभूति हुन्छ ।
ओखलढुंगाका प्रकाश दाहाललाई दशै आउनुअघि रातो, पहेलो, सेतो (कमेरो) माटो ल्याएर घरका भित्ता पोतेको स्मृतिमा मात्र बाकी छ । ‘घरका झयालढोकासमेत जंगली जडिबुटी पकाएर रंग्याइन्थ्यो,’ उनले भने, ‘अहिले तयारी पेन्टले पोतिन्छ । त्यसले धेरै बर्ष टिक्ने भएकाले दशैंमा घर रंगाउने चलन हराउदै गएको छ ।
प्रविधिको प्रयोगले दशैंलाई विदेशमा रहनेहरुले समेत स्वदेशमा जस्तै गरी मनाउन पाएका छन् । दशैंमा मोवाइल शुभकामना प्रकट गर्नसमेत प्रविधिको प्रयोग धेरै हुन थालेको छ । मोवाइलमार्फत ठूलो मात्रामा एसएमएस÷एमएमएस शुभकामना आदानप्रदानले टेलिकम कम्पनीहरुले राम्रै कमाउने गरेका छन् । ई–कार्ड साइट, इमेलबाट शुभकामना सन्देश पठाउने गरिएको छ । सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, गुगल प्लस, आर्कुटलगायतका साइट दशैंका शुभकामनाले भरिइसकेका छन् ।
दशैंको किनमेलको शैलीसमेत फेरिएको छ । घरमै बसीबसी अनलाइनबाटै खसीदेखि कपडासम्म किनमेल गर्ने सुविधा इकमर्स साइटहरुले उपलब्ध गराउदै आएका छन् । विदेशमा रहेकाहरुले अनलाइनबाटै स्वदेशमा रहेका आफन्तलाई दशैं खर्च र आवश्यक सामग्री पठाउन सक्छन् ।
हुने खानेदेखि हुने खानेले समेत ऋण काढेरै भए पनि राम्रो लगाउन र मिठो खान जोहो गरिरहेका छन् । कामकाजीले यही बेला दशैं मनाउन तलवका अतिरिक्त एक महिनाबराबरको थप रकम हात पारेका÷पार्दै छन् । सरकारी कार्यालयमा कार्यरत करिव ५ लाख कर्मचारीले ५ अर्वभन्दा बढी रुपैया दशैं खर्चबापत हात पार्छन् । यस्तै सार्वजनिक सस्थान, पब्लिक लिमिटेड, ब्यापारीक प्रतिष्ठानलगायतमा कार्यरत कर्मचारीले थप १० अर्व दशैं खर्च लिने अनुमान छ । यसरी हेर्दा संगठित सस्थामा काम गर्नेहरुसगमात्र दशैंमा खर्च गर्न योग्य रकम झण्डै १५ अर्व हुन जान्छ । यस अतिरिक्त विदेशमा रहेकाहरुले आफन्तलाई दशैं खर्च भनेर ठूलो रकम रेमिटान्स पठाउछन् । यसले गर्दा दशैंको मुखमा दशैंको अर्थतन्त्र चलायमान भएको छ ।
दशैंलाई तडकभडकयुक्त भन्दा ‘घाटी हेरी हाड निल्नु’ उखानलाई चरितार्थ गर्दै रमाइलोसग मनाऔं । सबैलाई हार्दिक शुभकामना ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस