अर्थ संसार, काठमाडौँ - कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे कार्तिक ६ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे नवाैँ वार्षिक साधारण सभा मंसिर ४ गते, बिहीबार जेडिए बिल्डिङ सुन्धारा, काठमाडौंमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यसैगरी, सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्नेछ । यसका साथै, कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभिने सम्बन्धी भएको अन्तिम सहमतिपत्र पनि पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस