Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १२ : २३ मा प्रकाशित

रिडी हाइड्रोपावरले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा मङ्सिर २६ गते शुक्रबार, कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन पारित गरिनुका साथै लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३०, २०७७ को वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिनेछ ।

त्यसैगरी २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

सभामा शेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर स्वीकृत गरिनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते सोमबार बुक क्लोज गर्दैछ ।  त्यसैले मङ्सिर १४ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको