Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन २३ हजारले गरे सेयर किनबेच, कारोबारमा किर्तिमानै किर्तिमान

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, २० : ११ मा प्रकाशित

एकै दिन २३ हजारले गरे सेयर किनबेच, कारोबारमा किर्तिमानै किर्तिमान

अर्थ संसार, काठमाडौं -सेयर बजारको बिहीबारको रेकर्ड राख्ने कारोबारमा २३ हजार ५० लगानीकर्ताले सेयर किनबेच गरेका छन । यो संख्या एकै दिन सेयर किनबेचमा सहभागी भएकाहरुमध्ये अहिलेसम्मकै उच्च हो । यस दिन भएको कारोबारमध्ये ८७.७५ प्रतिशत कारोबार अनलाइनमार्फत भएको हो ।

अनलाइनमार्फत कारोबार गर्ने ७० हजार ३ कारोबारमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन १८९३.२४ विन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो । यस अघि २०७७ मंसिर ७ मा ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने २०७३ साउन १२ मा बजार परिसूचक नेप्से १८८१.४५ विन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मिति २०७५ कात्तिक २० गतेबाट पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेपाल स्टक एक्स्चेन्जको दावी छ । यस क्रममा दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेले विज्ञप्ति मार्फत जनाएको छ ।

पुँजी बजारको विकास तथा विस्तारका लागि नेप्सेले सञ्चालन गरेका गतिविधिमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपाल धितोपत्र बोर्डको मागनिर्देशन तथा लगानीकर्ता, प्रणाली निर्माणकर्ता कम्पनी, सदस्य दलाल, मिडिया लगायत अन्य सरोकारवालाहरुको सहयोग रहदै आएको नेप्सेले जनाएको छ ।

आगामी दिनहरुमा पनि सम्पूर्ण सरोकारवालाहरु बाट यस्तै किसिमको सहयोग प्राप्त हुने अपेक्षा नेप्सेले गरेको छ । खासगरी कारोबारको आकार वृद्धि हुनुमा नेप्से अनलाइन ट्रेडिंग सिस्टम (नोट्स) को प्रत्यक्ष योगदान रहेको देखिन्छ ।

नेप्सेले उपलब्ध गराएको आधुनिक प्रविधि मार्फत लगानीकर्ताले घरबाटै सुरक्षित तबरले सेयरको कारोबार गर्न पाएका छन भने रकम भुक्तानी तथा सेयर हस्तान्तरणमा पनि सहजता आएको छ । हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ८५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएको नेप्सेले जनाएको छ ।

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको