Like us!
Follow us!
Connect us!
Watch us!

भर्नुभयो त ? नेपाल फाइनान्सको हकप्रद सेयर धमाधम बिक्री हुँदै

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ०९ : ०९ मा प्रकाशित

भर्नुभयो त ? नेपाल फाइनान्सको हकप्रद सेयर धमाधम बिक्री हुँदै

अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई मंसिर ४ गते, बिहीबारदेखि धमाधम बिक्री गरिरहेकाे हकप्रद सेयरमा आवेदन अब केही दिन मात्र बाँकी रहेकाे छ ।

कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति सेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर मंसिर ४ गते, बिहीबारदेखि निष्कासन गरेकाे हो ।

उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले मंसिर २४ गते बुधबारसम्म आवेदन दिन सक्नेछन् ।

फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेकाे थियाे । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेकाे छ ।

हाम्रो समुहको जित पक्का छ, चन्द्र ढकालको प्यानल किन?। FNCCI Election। Bodhnath Duwadi

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको