Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभर नेपालको वार्षिक सभा आज, के-के छन् पारीत हुने एजेण्डा ?

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, ०७ : ५१ मा प्रकाशित

युनिलिभर नेपालको वार्षिक सभा आज, के-के छन् पारीत हुने एजेण्डा ?

अर्थ संसार, काठमाडौं - युनिलिभर नेपाल लिमिटेडकाे वार्षिक साधारण सभा आज (मंगलबार) हुँदैछ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयमा अपरान्ह ३ः४५ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, प्रबन्ध निर्देशककाे पारिश्रमिककाे बारेमा जानकारी गराउने लगायतका प्रस्तावहरु पारित गरिनेछ।


त्यसैगरी, शेयरधनीहरूलाई  प्रति सेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि कार्तिक २७ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको