Like us!
Follow us!
Connect us!
Watch us!

यी ११ कम्पनीको साधारणसभा हुँदै, कुनको प्रस्तावित लाभांश कति ?

अर्थ संसार

विहीबार, २५ मंसिर २०७७, १२ : २८ मा प्रकाशित

यी ११  कम्पनीको साधारणसभा हुँदै, कुनको प्रस्तावित  लाभांश कति ?

अर्थ संसार, काठमाडौं - यतिबेला बैंक, वित्तीय संस्था हाइड्रोपावर कम्पनी र इन्स्योरेन्स कम्पनीहरु धमाधम वार्षिक साधारण सभा गर्न जुटेका छन् । एकपछी अर्को कम्पनीको एजिएम गर्ने मिति धमाधम सार्वजनिक भइरहेका छन् ।

कुन कम्पनीको साधारणसभा कहिले ?  

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

 रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा मङ्सिर २६ गते शुक्रबार, कम्पनीको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा शेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ०.२६ प्रतिशत नगद लाभांश  र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन पारित गरिनुका साथै लेखा परिक्षण प्रतिवेदन सहितको आषाढ ३०, २०७७ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरिनेछ भने  २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते सोमबार बुक क्लोज गरेको छ ।  त्यसैले मङ्सिर १४ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कुमारी बैंक लिमिटेड 

कुमारी बैंक लिमिटेडले बीसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंकको मंसिर ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बैंकको रजिष्टर्ड कार्यालय, टङ्गाल,  काठमाडौँमा बिहान ११:३० बजेबाट सुरू हुनेछ ।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश ९कर समेत० वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

न्यादी हाइड्रोपावर लिमिटेड 

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे कार्तिक २६ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा मंसिर २९ गते साेमबार, कम्पनीको रजिष्टर्ड कार्यालय बुद्धनगर, काठमाडौँमा दिउँसाे ३ बजेबाट सुरू हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/ ७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 
सभामा आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतबार) रहेकाे छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १५ गते, साेमबारबाट मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर १४ गतेसम्म  नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।कम्पनीको ५३औं वार्षिक साधारण सभा आह्वान मङ्सिर ३० गते हुँदैछ । सभामा आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

माछापुछ्रे बैंक लिमिटेड 

माछापुच्छ्रे बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा बोलाएको छ ।  बैंककाे मंसिर १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २२औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबार हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रस्तुत गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र ३.७३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असाेज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एशियन लाइफ इन्स्योरेस कम्पनी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ११औ वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीको मङ्सिर ४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा होटल पुजन, वीरगंजमा पौष ४ गते शनिबार बिहान १० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्र्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारीत गरिनुका साथै सोहि अवाहिको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, सोवाही अवधिसम्मको नगद प्रवाहको विवरण पारित गरिनेछ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३औ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको मङ्सिर १४ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष ८ गते बुधबार कम्पनीको सभाकक्ष, दोश्रो तल्ल ट्रेड टावर थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारीत गरिनुका साथै सोहि अवधिको वासलात, नाफा-नोकसान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारीत गरिनेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
त्यस्तै विशेष प्रस्ताव अन्तर्गत २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत कर प्रायोजक लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २६ गतेदेखि पौष २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मङ्सिर २५ गतेसम्म नेप्सेमा कायम भइ कारोबार गरेका सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

चिलिमे जलविद्युत कम्पनी लिमिटेड 

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार उक्त सभा  पुस १२ गते आइतबार कम्पनीकाे रजिष्टर्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु  हुनेछ ।  कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यममार्फत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
सभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेन उपर छलफल गरी पारित गरिनुका साथै सोहि अवधिको वासलात, नाफा/नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षणको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गरिनेछ  ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, मङ्सिर २८ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

समता लघुवित्त वित्तीय संस्था 

 समता लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मङ्सिर १९ गते शुक्रबार बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष १४ गते मंगलबार होटल क्लासिक प्रालि, सिमरा, बारमा बिहान १०:३० बजे सुरु हुनेछ संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाव र नगद प्रवाह विवारण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश गर्न पारित गरिनेछ भने २० प्रतिशत बोनस सेयर जारी गर्न प्रस्ताव स्वीकृत गरिनेछ ।
सभाले समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

रसुवागढी हाइड्रोपावर कम्पनि लिमिटेड 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले ८औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  
कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको उक्त सभा पुस २० गते साेमबार चिलिमे जलविद्युत कम्पनीकाे सभाहल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनसहित नगद प्रवाह विवरणसहितका अनुसुचिहरुमा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण पनि गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस १२ गते आइतबार बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ११ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

सानिमा माई हाइड्रोपावर 

सानिमा माई हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर १५ गते बसेको संचालक समितिको निर्णयानुसार कम्पनीको उक्त सभा पौष २३ गते बिहिबार अकामा होटल, काठमाडौंमा भर्चुअल माध्यमबाट (जुम मार्फत) बिहाल ११ बजेबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरिक्षक प्रतिवेदन सहित २०७७ आषाढ मसान्त सम्मको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरिनेछ ।
त्यसतै २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम २०७६/७७ को वितरणयोग्य खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ ।

त्यसैगरी साचालक समितिले प्रस्ताव गरे बमोजिम नै  २०७६/७७ को वितरणयोग्य खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनुका साथै विविध एजेन्डाहरु माथि छलफल गरिनेछ ।

वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले पौष १३ गते १ दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले पौष १२ गते सम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको