Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा लगानी गर्दा फाइदा कति ? नागवेली लघुवित्तकाे उदाहरण

अर्थ संसार

मंगलबार, ३० मंसिर २०७७, १३ : ५५ मा प्रकाशित

लघुवित्तमा लगानी गर्दा फाइदा कति ? नागवेली लघुवित्तकाे उदाहरण

अर्थ संसार, काठमाडौं– लघुवित्तकाे सेयरमा सबैकाे आकर्षण छ । मूल्य आम्दानी अनुपात नहेरी लगानीकर्ताहरूले लगानी गरिरहेका छन् । लघुवित्तमा लगानी कति फाइदाजनक छ ? हामीले नागवेली लघुवित्तकाे ४ बर्षमा भएकाे लगानी र त्यसकाे प्रतिफललाई अध्ययन गरेका छाैं । 

नागवेली लघुवित्त विकास बैंकले साधारण सेयर जारी गर्दा आवेदन गरेका हरि घिमिरेलाई १० कित्ता आइपिओ परेकाे थियाे । उनले बाेनस, हकप्रद गरेर बढेकाे १७ कित्ता सेयर २०७३ साउन १३ गते ४ हजार २ सय ९० रूपैयाँ प्रतिकित्तामा बेचे । उनकाे लगानी १७०० रूपैयाँ थियाे । उनले नागबेलीकाे प्राथमिक र हकप्रद सेयरमा लगानी गरेर करिव ७० हजार बनाए । उनले सेयर बेचेकाे ४ बर्ष वितेकाे छ । यसबीचमा उनकाे सेयर किन्नेकाे लगानी कति बढ्याे हाेला ? 

नागबेलीले त्यसयता १६३ प्रतिशत लाभांश दिएकाे छ । यसमा १४१ प्रतिशत बाेनस सेयर थियाे । नागवेली लघुवित्तका सेयरधनीले २०१८ मा सत प्रतिशत हकप्रद पाएका थिए । यस हिसावले हरिले सेयर बेचेकाे समयमा १० कित्ता सेयर किन्नेले दुइ बर्षमा बाेनससहित २३ कित्ता सेयर पुग्याे । त्यसमा सतप्रतिशत हकप्रद भर्दा ४६ कित्ता भयाे । त्यसमा दुइ बर्षकाे बाेनस थपिँदा ७० कित्ता सेयर पुर्याएका छन् ।

नागवेली लघुवित्त मिर्मिरे लघुवित्तसँग मर्ज भएर नामाेनिसान छैन अहिले । मिर्मिरेसँग मर्ज हुँदा नागबेली लघुवित्तका सेयरधनीले १०० कित्ता बराबर ९५ कित्ता प्राप्त गरेका छन् । यसहिसावले ७० कित्ता नागवेलीकाे सेयर हुनेले ६७ कित्ता सेयर पाएका छन् । ४ बर्षअघि नागबेली लघुवित्तकाे  सेयर १० कित्ता किन्नेले ४२९०० रूपैयाँ तिरेका थिए । उनीहरूले हकप्रद खरिद गर्न २३०० रूपैयाँ खर्चेका थिए ।

यस हिसावले उनीहरूकाे लगानी ४५२०० रूपैयाँ भयाे । बजारमा मिर्मिरे लघुवित्तकाे सेयर अहिले ९५२ रूपैयाँ प्रतिकित्ता छ । यस हिसावले अहिले उक्त कम्पनीकाे ६७ कित्ता सेयर बजारमा बेच्दा ६३७८४ रूपैयाँ आउँछ । यसमा लगानी ४५२०० रूपैयाँ घटाउँदा नागवेली लघुवित्तका सेयरधनीले बढीमा १८५८४ रूपैयाँ चार बर्षमा कमाएका छन् ।

नागबेली लघुवित्तले ४ बर्षमा मुस्किलले बैंककाे ब्याज उठाएकाे देखिन्छ । नागबेलीकाे उदाहरणले लघुवित्तकाे लगानी कति फाइदाजनक छ भन्ने लगानीकर्ताले आफैं छुट्याउन सक्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको