Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफको आइपिओ बाँडफाँड कहिले ? बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलको यस्तो छ तयारी

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, ०५ : ५५ मा प्रकाशित

प्रभु लाइफको आइपिओ बाँडफाँड कहिले ? बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलको यस्तो छ तयारी

अर्थ संसार, काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको आइपिओको बाँडफाँड कहिले हुन्छ ? आम लगानीकर्ताको मनमा उब्जिएको प्रश्न हो यो । लगानीकर्ताको यो प्रश्नलाई arthasansar.com ले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई सोधेको छ । 

प्रश्नमाथि क्यापिटलको जबाफ यस्तो छ :  'हामी अहिले आइपिओमा परेको आवेदमाथि भेरीफाइ गर्ने काम गरिरहेका छौं । छिटो भन्दा छिटो बाँडफाँड गर्ने तयारीमा हामी छौं, सायद योहप्ताभित्र बाँडफाँड गर्ने गरी कार्य भैरहेको छ । मिति नै अहिले नै तोक्न सक्ने अवस्थामा छैनौं, भेरीफाइको काम छिटो भन्दा छिटो सकी प्रि अलोटमेन्ट  गरी बाँडफाँड गर्ने कार्यमा लागि परेका छौं ।'  

आइीपिओमा  १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन  परेको छ ।  यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.४२ गुणा धेरै हो । 

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ । 

कम्पनीले मंसिर २९ गते, सोमबारदेखि पौष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको