Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १३ : ५१ मा प्रकाशित

लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पौष ६ गते सोमबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार  बैंकको चौधौं वार्षिक साधारणसभा पौष २९ गते बुधबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा हुनेछ ।

बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले साधारणसभा तथा बोनस सेयर तथा नगद लाभांश जारी गर्ने प्रयोजनको लागि पौष १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले पौष १४ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने कम्पनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको