अर्थ संसार, काठमाडौं– आवेदनमा रेकर्ड बनाउन सफल प्रभु लाइफको साधारण सेयर (आइपिओ) बाँडफाँडको मिति तय भएको छ । शुक्रबार बाँडफाँड गर्ने मिति तय भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आइपिओको प्रि-अलटमेन्ट बुधबार भएको छ । प्रि अलटमेन्ट भएपछि आगामी ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
क्यापिटलको अनुसार शुक्रबार बिहान ११ बजे निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा बाँडफाँड गर्ने तयारी रहेको छ । आइपिओमा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.४२ गुणा धेरै हो ।
यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ ।
कम्पनीले मंसिर २९ गते, सोमबारदेखि पौष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
अबको ४ वर्षभित्र नेप्से ५५ सयदेखि ६ हजारसम्म पुग्छ | बोनस र राइटको पछि लागे डुबिन्छ | Bishnu Bashyal
राम्रो कम्पनी कसरी छनोट नगर्ने ? सेयर बजारबाट मालामाल हुने सुत्र Chhote Lal Rauniyar|ArthasansarTalk
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस