Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको  मूल्य कति ?

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ११ : १० मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कुनको  मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ ।

नागरिक लगानी कोषकाे ८२.८४ प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार ७ सय ८४ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ५ हजार ८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै लुम्बिनी विकास बैंक लिमिटेडको ७ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २०४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य २१८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे १५ प्रतिशत बाेनस सेयर पछि  प्रतिकित्ता ३३७ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ३८७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै, हिमालयन बैंक लिमिटेडकाे १४ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५६१ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ६३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

त्यसैगरी, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ९८४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य एक हजार १७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको