Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ वटा कम्पनीकाे सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, ११ : ०७ मा प्रकाशित

नेप्सेमा १२ वटा कम्पनीकाे सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १२ वटा कम्पनीकाे सेयर मूल्य समायोजन भएको छ । शुक्रबार विभिन्न १२ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।

१. लक्ष्मी बैंक लिमिटेड
बैंककाे ९ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

२. मेगा बैंक नेपाल 
बैंककाे १० प्रतिशत बाेनस सेयर  पछि नेप्सेले प्रतिकित्ता २५० रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

३. प्राइम लाइफ इन्स्योरेन्स कम्पनी 
कम्पनीको ७ प्रतिशत बाेनस सेयर  पछि नेप्सेले प्रतिकित्ता ७६६ रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८२० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

४. विजय लघुवित्त वित्तीय संस्था
संस्थाको १९ प्रतिशत बाेनस सेयर  पछि नेप्सेले प्रतिकित्ता एक हजार ६८ रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

५. लक्ष्मी लघुवित्त वित्तीय संस्था 
संस्थाकाे १५ प्रतिशत बाेनस सेयर  पछि नेप्सेले प्रतिकित्ता एक हजार ३३५ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५३५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

६. हिमालयन डिष्टिलरी लिमिटेड
कम्पनीको ५० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ५२० रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार २८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

७. छ्याङदी हाइड्रोपावर लिमिटेड
कम्पनीको ५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १५५ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

८. बुटवल पावर कम्पनी 
कम्पनीको १० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४०५ रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४४५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

९. गुडविल फाइनान्स लिमिटेड
कम्पनीको ८.४० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १९६ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१०. पाेखरा फाइनान्स लिमिटेड
कम्पनीको ५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता १६७ रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

११. सूर्या लाइफ इन्स्योरेन्स कम्पनी 
कम्पनीको ५ प्रतिशत बाेनस सेयर  पछि नेप्सेले प्रतिकित्ता ६७४ रूपैयाँ कायम हुने गरी सेयर  मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

१२. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 
कम्पनीको १६.९४ प्रतिशत बाेनस सेयर  पछि नेप्सेले प्रतिकित्ता ८६८ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार १५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको