Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

अर्थ संसार

शनिबार, १८ पुस २०७७, ०९ : ५२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयर सूचिकृत, कुनको कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । स्टकका अनुसार गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस सेयर र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आइपिओ) सूचिकृत भएको हाे ।

गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बाेनस सेयर पाैष १४ गते मंगलबार सूचिकृत भएको हाे । 

त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २ करोड कित्ता साधारण सेयर (आइपिओ) पाैष १७ गते, शुक्रबार सूचिकृत भएको हो । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०९ रूपैयाँ ५६ पैसादेखि अधिकतम ३२८ रूपैयाँ ६८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको