Like us!
Follow us!
Connect us!
Watch us!

बिशाल बजारको सेयरमा लगानी : कहिले मालामाल, कहिले बेहाल !

अर्थ संसार

शनिबार, १८ पुस २०७७, १४ : १४ मा प्रकाशित

बिशाल बजारको सेयरमा लगानी : कहिले मालामाल, कहिले बेहाल !

काठमाडौं -बिशाल बजारको सेयरमा लगानी गर्ने लगानीकर्ताहरु कुनै समय मालामाल हुन्छन् भने कहिले बेहाल । कम्पनीको मूल्यमा बेला बेलामा आउने उछालले कतिपय लगानीकर्ताहरुलाई  लामाल बनाएको छ भने कतिलाइ बेहाल ।

मंसिर ११ गते अधिकतम ४३४५ रुपैयाँ प्रतिकित्ता मूल्यमा कारोबार भएको बिशाल बजारको मूल्य आजसम्म आइपुग्दा घटेर २६०० मा आइपुगेको हो ।

यस कम्पनीका लगानीकर्ताहरुले लगानीको ३४ दिनमै ठूलो नोक्सानी व्यहोर्नु परेको छ । यो ३४ दि बिशाल बजारका लगानीकर्तारुले आफ्नो लगानीको ४० प्रतिशतभन्दा बढी नोक्सानी व्यहोर्न पर्यो । यो कम्पनीको सेयर मूल्य नाटकीय रुपमा घट्ने मात्र होईन नाटकीय रुपमा बढेको पनि केही समयअघि मात्र हो ।

यही बर्ष असोज १८ गते १६२९ रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको मूल्य मंसिर ११ गतेसम्म आइपुग्दा ४३४५ रुपैयाँ पुगेको थियो । यो ५३ दिनमा यस कम्पनीका लगानीकर्ताहरुले १६० प्रतिशतभन्दा बढी मुनाफा कमाएका थिए । कम्पनीको सेयर मूल्य जसरी नाटकीय ढंगले घटबढ भइरहेको छ त्यसबाट कम्पनीको सेयरमा कुनै निहित समूह खेलिरहेको बुझाई लगानीकर्ताहरुको छ ।

नेप्सेमा ५ लाख कित्ता सेयर सुचिकृत कम्पनीले हालसम्म पनि लगानीकर्ताहरुलाई कुनै लाभांश र बोनस सेयर वितरण गरेको भने छैन । बिगत तिन आर्थिक बर्देखि साधारण नगरेको कम्पनीले अब एकै पटक तीन बर्षको साधारणसभा सम्पन्न गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

अहिलेसम्म कुनै लाभांश पनि बितरण नगरेको कम्पनीमा किन लगानीकर्ताहरुको आकर्षण त भन्ने हाम्रो प्रश्नमा पुराना लगानीकर्ता डमरु बल्लभ घिमिरेको भनाइ यस्तो छ “बिशालबजारको सेयरमा लगानी गर्ने व्यत्तिmहरु बिशेष गरी सेयरबाट नाफा कमाउने उद्देश्यभन्दा पनि कम्पनीले सेयरधनीहरुलाई गोलाप्रथाद्वारा कम्पनीको भवनका सटरहरु वितरण गर्ने हुँदा व्यबसाय सञ्चालन गर्न चाहने र त्यस आसपासको क्षेत्रमा बसोबास गर्ने मानिसहरुको यो कम्पनीमा बढि आकर्षण भएको हो ।”

अहिले बिशालबजारका सटरहरुमध्ये ८० प्रतिशत सटरहरु सेयरधनीहरुलाइ गोलाप्रथामार्फत वितरण गरिएको छ भने बाँकी सटरहरु कम्पनीले नै अन्य व्यबसायीहरुलाई बाहलमा दिएको छ । अहिले पनि १०–१५ वटा सटरहरु खाली छन् बेला बेलामा बोलकबोल आह्वान गर्दा पनि भाडामा लगाउन नसकिएको कम्पनीको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको