Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हरियाली छाउँदा पनि यी कम्पनीका लगानीकर्ता भए निराश

अर्थ संसार

आइतबार, १९ पुस २०७७, १५ : २२ मा प्रकाशित

नेप्सेमा हरियाली छाउँदा पनि यी कम्पनीका लगानीकर्ता भए निराश

आज आइतबार नेप्से परिसुचक ८८.१२ अंकले बढेर ऐतिहासिक २१७५.३९ को बिन्दुमा पुगेको छ । यो नै नेप्सेको हालसम्मको उच्च बिन्दु हो । 

आज नेप्सेका १२ उपसमूह मध्य सबै उपसमूहमा हरियाली छाएको छ । धेरै कम्पनीका लगानीकर्ताहरु मख्ख हुँदा आज केहि कम्पनीको सेयर मूल्य भने घटेको हो । आज सबै भन्दा बढि मूल्य घट्ने कम्पनीमा राधी बिद्युत कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले घटेको हो।

आज मूल्य घट्ने अन्य कम्पनीहरुमा शिवश्री हाइड्रो पावर,युनाइटेड फाइनान्स,एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर,बुटवल पावर कम्पनी,नेपाल इन्भेष्टमेन्ट डिवेन्चर २०८२,छ्याङदी हाइड्रो,एसबिआई डिवेन्चर २०८६ र प्रुडेन्सियल इन्स्योरेन्स प्रमोटर सेयर रहेका छन् ।  
 

5ff19214b65ba.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको