Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम साधारण सभा गर्दै वाणिज्य बैंक, यी बैंकको लाभांश पारित हुन बाँकी

अर्थ संसार

आइतबार, २६ पुस २०७७, १२ : ५० मा प्रकाशित

धमाधम साधारण सभा गर्दै वाणिज्य बैंक, यी बैंकको लाभांश पारित हुन बाँकी

यतिबेला बैंक तथा वित्तीय संस्थाहरु साधारणसभा गर्न र लाभांश पारित गर्न हतारमा छन् । यी १५ वाणिज्य बैंकहरुले पनि लाभांश पारित गर्न साधारण आह्वान गरेको छ । त्यस्तै, प्रभु बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको साधारणसभा आज हुँदैछ । 

१.एभरेष्ट बैंक

 बैंकको  २६ औं वार्षिक साधारण सभा भोलि (पुस २७ गते, सोमबार)हुँदैछ  । सभामा बैंकको संचालक समितिले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । जसमध्ये ५.५२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर रहेको छ ।

२,हिमालयन बैंक 
 हिमालयन बैंक लिमिटेडलेको २८औं वार्षिक साधारणसभा  भोलि (पौष २७ गते, सोमबार) हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भिडियो कन्फरेन्समार्फत बिहान ११ बजे सुरु हुनेछ । 
त्यस्तै, सभाले संचालक समितिले सिफारिस गरे बमोजिम नाफाको बाँडफाँड तथा चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ  । 
त्यसैगरी, बैंकले साधरणसभा प्रयोजनको लागि पौष १४ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

३.लक्ष्मी बैंक 
लक्ष्मी बैंक लिमिटेडकाे २०औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, बैंककाे प्रधान कार्यालय, हात्तीसार, काठमाडाैँमा बिहान ११:३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

४.नेपाल एसबिआई बैंक 
नेपाल एसबिआई बैंक लिमिटेडकाे २७औं वार्षिक साधारणसभा पौष २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरु हुँदैछ ।  बैंककाे सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।

५.मेघा बैंक नेपाल लिमिटेड
मेघा बैंक लिमिटेडको दशौँ वार्षिक साधारणसभा पौष २९ गते, बुधबार बैंकको केन्द्रीय कार्यालय भवन, कमलादी, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ । सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल १३.०५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पौष १७ गते शुक्रबार बुक्लोज गरेको थियो । त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

६.सेन्चुरी कमर्सियल बैंक 
 सेन्चुरी कमर्सियल बैंकको ९ औँ र १० औँ साधारण सभा पुष २९ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा हुँदैछ । 
साधारण सभामा बैंकले गत आर्थिक बर्षमा वितरण हुन बाँकी १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस समेत गरी हालको चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने छ ।         साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुष १६ गते बुकक्लोज गर्ने भएकाले पुष १५ गते सम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. मेघा बैंक नेपाल लिमिटेड 
मेघा बैंक लिमिटेडले दशौँ वार्षिक साधारणसभा पौष २९ गते, बुधबार बैंकको केन्द्रीय कार्यालय भवन, कमलादी, काठमाडौंमा बिहान ११:३० बजे सुरु हुनेछ ।
सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम ३.०५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर गरी कुल १३.०५ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
बैंकले साधारणसभा प्रयोजनको लागि पौष १७ गते शुक्रबार बुक्लोज गरेको थियो । त्यसैले पौष १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


८. प्राइम कमर्शियल बैंक 
प्राइम कमर्शियल बैंकको १३औं वार्षिक साधारण सभा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा पौष २९ गते ११:३० बजे सुरु हुनेछ  । सभामा सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

९. ग्लोबल आइएमई बैंक 
 ग्लोबल आइएमई बैंकको  १४औं वार्षिक साधारण सभा पौष २९ कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/७७ काे वितरण योग्य मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१०. कृषि विकास बैंक 
बैंकको १४औं वार्षिक साधारण सभा पौष २९ गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान 11 बजे सुरु हुँदैछ सभमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ 
बैंकले साधरणसभा प्रयोजनको लागि पुष १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पौष १४ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् 

११. एनएमबि बैंक 
बैंकको २५ औं वार्षिक साधारणसभा पौष २९ गते कृष्ण टावर, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुँदैछ सभामा सञ्चालक समितिकाे बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ३.२०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

१२. नबिल बैंक 
नबिल बैंक लिमिटेडको ३६औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार, बैंककाे केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडाैँमा बिहान १० बजेबाट सुरू हुनेछ ।
सभामा बैंककाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

१३. नेपाल बैंक लिमिटेड 
बैंकको ६१औं वार्षिक साधारणसभा पौष २९ गते बैंकको प्रधान कार्यालय धर्मपथमा बिहान ११ बजे सुरु हुनेछ सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश पारित गरिनेछ 

१४. नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसि) बैंक
नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडको तेइसौं वार्षिक साधारणसभा माघ ९ गते, शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को मूनाफाबाट बैंकको हाल कायम चुक्ता पूँजीको १०.२६९५ प्रतिशत बोनस सेयर र ०.५४०५ नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरि पारित गरिनेछ । 

१५. सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा माघ १६ गते शुक्रबार, आम्रपाली बङक्वेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । 
सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम ३ परतिश नगद लाभांश (कर प्रयोजन) र १२ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।
त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष २८ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको