Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको १०.५३% लाभांश आज पारित हुँदै

अर्थ संसार

सोमबार, २७ पुस २०७७, ०७ : ३२ मा प्रकाशित

एभरेष्ट बैंकको १०.५३% लाभांश आज पारित हुँदै

एभरेष्ट बैंकको २६ औं वार्षिक साधारण सभा आज (पुस २७ गते, सोमबार)हुँदैछ  । 

सभामा बैंकको संचालक समितिले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । जसमध्ये ५.५२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर रहेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको