आज (सोमबार) पनि नेपाली बजारमा  सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । सोमबार सुनकाे मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको  हो  ।
आज छापवाला सुन प्रतिताेला ९२ हजार २  सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापवाला सुन प्रतितोला ९३ रुपैयाँमा काराेबार भएको थियो  ।
यस्तै, सोमबार तेजावी  प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।आइतबार सुन ९२ हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो  ।
त्यसैगरी, सोमबार पनि चाँदीकाे मूल्य पनि ताेलामा ४० रूपैयाँले घटेर प्रतिताेला एक हजार २ सय ३० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । आइतबार चाँदी प्रतिताेला  एक हजार २ सय ७०  रूपैयाँमा काराेबार भएको थियो  ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस