Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको ब्राण्ड एम्बेसडरमा मनिषा कोइराला

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १७ : १३ मा प्रकाशित

आइएमई लाइफको ब्राण्ड एम्बेसडरमा मनिषा कोइराला

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड  एम्बेसडरमा देश तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । यससँगै अब कोइराला आईएमई लाइफ जीवन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कविफुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन् । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै नायिका कोइरालाले मानव जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपालीजनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसि रहेको कुरा बताइन्। साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमाआफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको