मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएकाे छ ।
कम्पनीले यसअघि आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १२.६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीकाे लागि पेश गरेकाेमा बैंककाे निर्देशन अनुसार कम्पनीले नयाँ लाभांश प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार अब संस्थाले ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।
उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस