Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सेन्ट्रल फाईनान्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०१ माघ २०७७, ०८ : ०३ मा प्रकाशित

लाभांश पारित गर्न सेन्ट्रल फाईनान्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

सेन्ट्रल फाईनान्स लिमिटेडले २४औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको पौष २८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ २३ गते शुक्रबार, कम्पनीको नयाँ कर्पोरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ३ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

संस्थाले साधरणसभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १२ गतेदेखि माघ २३ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ ११ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

5fffaa73ca776.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको