Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनआरएन इन्फ्रास्टक्चरले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, ०८ : ४९ मा प्रकाशित

लाभांश पारित गर्न एनआरएन इन्फ्रास्टक्चरले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पौष १५ गते बसेको संचालक समितिको बैथाकक्ले गरेको निर्णयानुसार उक्त सभा माघ २५ गते, आइतबार अकामा होटल, सुकेधारा काठमाडौंमा भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को दशौँ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तको वासलात र सोहि अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी कम्पनीका संस्थापक सेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना गरी संचालकहरुको निर्वाचन पनि गरिनेछ ।

त्यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको २.८५ प्रतिशत बोनस सेयर र ओ.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले साधरण सभा तथा लाभांश वितरण प्रयोजनको लागि माघ १२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ११ गतेसम्म नेपसेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

600108328fafa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको