Like us!
Follow us!
Connect us!
Watch us!

यी २ क्यापिटलको एकीकृत कारोबार आजबाट

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, ०८ : ५७ मा प्रकाशित

यी २ क्यापिटलको एकीकृत कारोबार आजबाट

माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडको एकीकृत कारोबार आज (माघ २ गते, शुक्रबार) देखि  सुरू भएको छ ।

नेपाल धिताेपत्र बाेर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पाैष ९ गते अन्तिम स्वीकृती प्रदान गरेकाे थियाे । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पाैष १७ गते स्वीकृती प्रदान गरेकाे थियाे ।

त्यसैगरी, मर्जर पश्चात अब "माछापुच्छ्रे कृति क्यापिटल​" को नामबाट एकीकृत कारोबार  हुनेछ ।

एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहनेछ ।

क्यापिटल​ले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

6001093bceedb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको