Like us!
Follow us!
Connect us!
Watch us!

एनआई सी एशिया लघुवित्तको तेश्रो वार्षिक सभा सम्पन्न, पारित भए यी एजेण्डा

अर्थ संसार

आइतबार, ०४ माघ २०७७, १४ : ४८ मा प्रकाशित

एनआई सी एशिया लघुवित्तको तेश्रो वार्षिक सभा सम्पन्न, पारित भए यी एजेण्डा

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  

उक्त सभा आज (माघ ४ गते, आइतबार) कम्पनीको रजिष्टर्ड कार्यालय, भेरी ४ जाजरकोटमा सम्पन्न भएको हो । 

सभामा संस्थाको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्तआवा २०७६/७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित भएको छ ।

यसका साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच भएको संयुक्त मर्जरको अन्तिम सम्झौतालाई समेत साधारण सभाले पारित गरेको छ । 

त्यसैगरी, संस्थाको प्रबन्धपत्रतथानियमावलीमा समयानुकुल संशोधनगर्ने लगायत  साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा साधारण सभालेपारित गरेको छ ।

त्यस्तै, साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधीत्व गर्ने २(दुई) जना संचालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भई संचालक पदमा नियुक्त हुनुभएको छ ।

यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको