Like us!
Follow us!
Connect us!
Watch us!

छुट्यो कि पछुतायो ? आवेदन दिने सवैलाई पर्ने आइपिओ भर्ने आज अन्तिम मौका !

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, ०७ : ५६ मा प्रकाशित

छुट्यो कि पछुतायो ? आवेदन दिने सवैलाई पर्ने आइपिओ भर्ने आज अन्तिम मौका !

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) मा आवेदन दिने अन्तिम मौका आज (माघ ६ गते, मंगलबार) सम्म रहेकाे छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे छ । 

निफ्राको आईपिओमा आवेदकको बाढी, माग भन्दा झण्डै २ गुणा बढी कित्ताको आवेदन

साेमबार साँझ ५ बजेसम्ममा ११ लाख ७७  हजार ९  सय २० जना आवेदकले १४ अर्ब १९ करोड ९६ लाख ९२ हजार रुपैयाँ बराबरको  १४ करोड १९ लाख ९६ हजार ९ सय २० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा १.८७ गुणा बढी आवेदन हाे । 

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन् ।उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

रेटिङ कति ?

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले ग्लोबल एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडाैँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

6006409e2aa40.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको