Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाईनान्सको ५० करोड बराबरको ऋणपत्र माघ १८ गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, ०८ : १९ मा प्रकाशित

मञ्जुश्री फाईनान्सको ५० करोड बराबरको ऋणपत्र माघ १८ गतेदेखि बजारमा आउँदै, व्याजदर कति ?

मञ्जुश्री फाईनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले माघ १८ गते आइतबारबाट उक्त ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । 

जसमध्ये ३० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने तथा २ लाख कित्ता ऋणपत्रले हुन आउने कुल २० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको समेत) सर्वसाधरणको लागि बिक्री गर्नेछ  । 

कम्पनीले ८ वर्ष अवधिको लागि ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न लागेको हो  ।

लगानीकर्ताले यस ऋणपत्रमा माघ १८ गते आइतबारबाट छिटोमा माघ २१ गतेसम्म र ढिलोमा फागुन २ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?

ऋणपत्रकाे बारेमा अन्य विवरण हेर्नुहोस्:

600a3a5d05673.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको