Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १० : ४१ मा प्रकाशित

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

साताको अन्तिम आज (शुक्रबार) सुनको मूल्यमा सामन्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ।

बिहिबार छापावाला सुन ९३ हजार १ सय रुपैयाँ र तेजावी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको