Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तका सेयरधनीहरुको हात खालि हुने !

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, १० : १६ मा प्रकाशित

सामुदायिक लघुवित्तका सेयरधनीहरुको हात खालि हुने !

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निरास बनाएको छ ।  संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । योसंगै संस्थाका सेयरधनीहरुको हात खालि हुने भएको छ  । 

संस्थाकाे माघ ८ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले चालु आर्थिक वर्ष २०७६/७७ मा शेयरधनीहरूका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

संस्थाले लाभांश बिना नै फागुन ५ गतेका लागि साताैँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाले साधारण सभा प्रयाेजनका लागि माघ २५ गते बुकक्लाेज गर्नेछ । त्यसैले, माघ २४ गतेसम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्

600a6c1546876.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको