Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको नाफा २७.५१ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार

आइतबार, ११ माघ २०७७, ०९ : १७ मा प्रकाशित

लक्ष्मी लघुवित्तको नाफा २७.५१ प्रतिशतले बढ्यो (विवरणसहित)

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे अधिकांश सूचकमा चमक देखिएकाे छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २७.५१ प्रतिशत धेरै नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा संस्थाले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २२.८८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १८ करोड २२ लाख २९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा पनि २७.८८ प्रतिशतले बढेर १४ करोड २१ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ११ करोड २५ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३२ करोड ४५ हजार रुपैयाँ, जगेडा कोषमा २८ करोड ३३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्: 

600ceb1733427.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको