Like us!
Follow us!
Connect us!
Watch us!

फाइनान्समा अब्बल गोर्खाज फाइनान्स ! नाफा १७८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ताे ?

अर्थ संसार

आइतबार, ११ माघ २०७७, ११ : १६ मा प्रकाशित

फाइनान्समा अब्बल गोर्खाज फाइनान्स ! नाफा १७८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ताे ?

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गोर्खाज फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणले अरु फाइनान्सको भन्दा अब्बल वित्तीय विवरण  सार्वजनि गर्न सफल भएको छ । 

 चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १७८.२० प्रतिशत धेरै नाफा आर्जन गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइपुग्दा संस्थाले १७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधि सम्ममा संस्थाले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १३ करोड ७३ लाख  रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा २०.५४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १७ करोड २८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा पनि १७७.४० प्रतिशतले बढेर २४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ८ करोड ७७ लाख  रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी बढेर ३९.२५ पुगेको छ । गतबर्ष इपिएस १४.११ रुपैयाँ  थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १८५.२१ रुपैयाँ रहेको छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्ः
 

600d065434646.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको