Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तको नाफा ८८.७७ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार

आइतबार, ११ माघ २०७७, ११ : ५८ मा प्रकाशित

मिर्मिरे लघुवित्तको नाफा ८८.७७ प्रतिशतले बढ्यो (विवरणसहित)

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 
संस्थाले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८८.७७ प्रतिशत नाफा आर्जन गरेको छ । संस्थाले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १७ करोड ९२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ७३.१८ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १० करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा  १२०.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ५ करोड ४० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ, जगेडा कोषमा २० करोड ५४ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५५ पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

600d110b44ab5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको