Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १२ : २८ मा प्रकाशित

आइतबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

आज (आइतबार) सुनको मूल्यमा सामन्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाला सुन ९२ हजार ९ सय रुपैयाँ र तेजावी सुन ९२ हजार ४  सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला  १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको