Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दिनहुँ नयाँ रेकर्ड, कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स अब्बल

नेप्से

सोमबार, १२ माघ २०७७, १५ : ११ मा प्रकाशित

नेप्सेमा दिनहुँ नयाँ रेकर्ड, कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स अब्बल

आज (सोमबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ भने सेन्सेटिभ परिसूचक भने घटेको छ ।

आज नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा पुगेको हो  । नेप्से ०.६६  प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२  अंकमा पुगेको छ ।
कुल २ सय ८ वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४  कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८  हजार ७३१  रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ७ वटा मात्र उपसमुहको सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६० करोड ३७ लाख ४० हजार ७ सय १९ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
 

आजको सेयर तालिका हेर्नुहोस् :- 

600e8fbb126ad.jpg 600e8fbb147c4.jpg 600e8fbd34809.JPG 600e8fbd482e8.JPG 600e8fbf3ea2c.JPG 600e8fbf4068e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको