Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकाे नाफामा उल्लेख्य वृद्धि, अन्य सूचकमा पनि चमक थपियो

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, ०९ : २२ मा प्रकाशित

अपि पावरकाे नाफामा उल्लेख्य वृद्धि, अन्य सूचकमा पनि चमक थपियो

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले  १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २४५.७९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २४ करोड १९ लाख ६७ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १३ करोड ५० लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको थियाे । 

पाैष मसान्तसम्ममा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि १४ लाख ५ हजार रुपैयाँबाट बढेर ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ७० लाख ८१ हजार रूपैयाँ रहेकाे छ । दाेश्राे त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा पुगेको छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा पुगेकाे छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

600f9016b357a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको