Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको नाफा १०२.०४ प्रतिशतले बढ्यो

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, ११ : ४१ मा प्रकाशित

अरुण भ्यालीको नाफा १०२.०४ प्रतिशतले बढ्यो

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १०२.०४ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । गत  आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ३ करोड ३६ लाख ८२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १ करोड ९३ लाख रुपैयाँबाट बढेर ६ करोड ५३ लाख रूपैयाँ पुगेको छ । यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत बिक्री मार्फत् ३ करोड ४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २५.२३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ७ लाख रूपैयाँ आम्दानी गरेको थियाे । 

त्यसैगरी, कम्पनीकाे चुक्ता पूँजी ९९ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १४ करोड ४३ लाख रूपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा छ । कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ४६ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण हेर्नुहोस् :

600faf9aec8af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको