Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य ओरालो यात्रामा ब्रेक, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

मंगलबार, १३ माघ २०७७, १२ : ०६ मा प्रकाशित

सुनको मूल्य ओरालो यात्रामा ब्रेक, कतिमा कारोबार हुँदैछ ?

आज (मांगबार) पनि सुनको मूल्य ओरालो यात्रामा ब्रेक लागेको छ । यसअघि निरन्तर ओरालो यात्रामा रहेको सुनको मूल्य आज प्रतितोला ४  सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाला सुन ९२ हजार ४  सय रुपैयाँ र तेजावी सुन ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला  १ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको